अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लोकप्रिय बन्दै एनआईसी बैंकको सर्वश्रेष्ठ नारी बचत खाता

लोकप्रिय बन्दै एनआईसी बैंकको सर्वश्रेष्ठ नारी बचत खाता


काठमाडौं– एनआईसी एसिया बैंकको सर्वश्रेष्ठ नारी बचत खाता लोकप्रिय बन्दै गएको छ ।

ग्राहकको मेहनतको कमाइमा उच्चतम प्रतिफल दिने सोच अनुरुप बचत खातामै मुद्दती निक्षेपको ब्याज प्राप्त हुने भएपछि नारी बचत खाता लोकप्रिय बन्दै गएको बैंकले जनाएको छ ।

सर्बश्रेष्ठ बचत खाता योजना अनुसार नारी बचत खाता खोल्ने ग्राहकले ८४ लाख रुपैयाँसम्मको बीमा फाइदा प्राप्त गर्ने बैंकले जनाएको छ । ‘गुडविल एम्बेसडर श्रेणीको खातावाला र निजबाट मनोनित ३ अन्य व्यक्तिहरू गरी कुल ४ जनाले प्रतिव्यक्ति रू. २१ लाखसम्मको बीमा फाइदा प्राप्त गर्नुहुनेछ,’ बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन न्यौपाने भन्नुहुन्छ, ‘जसअन्तर्गत रू. २१ लाखसम्मका ३ वटा बीमा रहेका छन् ।’

न्यौपानेका अनुसार दुर्घटनाबाट पूर्ण शारीरिक अशक्तता वा मृत्यु भएमा रू. १० लाखको दुर्घटना बीमा,. १८ वटा विभिन्न घातक रोगहरूको उपचारका लागि रू.१० लाखको घातक रोग बीमा र मेडिकल जाँच वापत रू.१ लाख (अस्पताल भर्नामा रू.८० हजार र बहिरंग उपचारमा रू.२० हजार) सम्मको मेडिकल बीमा उपलब्ध गराइनेछ ।

बीमा फाइदाहरू वापत लाग्ने प्रिमियम बैंक स्वयंले नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडलाई तिर्ने न्यौपानेले बताउनुभयो । २०७५ चैत्र २० देखि बैंकले खातावालालाई बचतसँगै बीमा सुविधा उपलब्ध गराउने योजना अनुरुप हालसम्म देशभरका ७०० जना भन्दा बढी ग्राहक महानुभावहरूलाई बीमा वापत रू.४ करोड ३० लाख भन्दा बढी रकम सहज रुपमा भुक्तान गरिसकेको छ ।

अरु फाइदा के–के छन् त ?
बैंकमा बचत खाता भएका ग्राहकहरुले एक निर्देशनको आधारमा मासिक निक्षेप खातामा रकम स्थानान्तरण गर्न सक्ने र सो खातामा उच्चतम ब्याजदर प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । ‘ग्राहक महानुभावले आफ्नो बचत हरेक महिना कति रकम मासिक निक्षेप खातामा ट्रान्सफर गर्ने भनेर बैकको शाखामा गएर एक पटक निर्देशन दिनु पर्दछ । ट्रान्सफर गरिने रकम रू. ५०० का दरले गुणन गरेर हुन आउने रकम (जस्तै रू. ५००, रू.१०००, रू. १,५०० आदिको अनुपातमा) तय गर्न सकिन्छ । मासिक निक्षेप खाता ३ महिना देखि १० वर्षसम्मको लागि खोल्न सकिन्छ,’ न्यौपाने भन्नुहुन्छ, ‘साथै ग्राहक महानुभावले चाहेको समयमा आफैले खाताबाट मोबाइल बैंकिङ्ग वा इन्टरनेट बैंकको प्रयोग गरी वा काउन्टरबाट थप रकम मासिक निक्षेप खातामा जम्मा गर्न सक्नुहुन्छ । मासिक निक्षेप खातामा खाता खोल्दाको बखत प्राप्त हुने ब्याजदर पूरा अवधिभरी परिवर्तन हुने छैन ।’

सर्वश्रेष्ठ बचत तथा मुद्दती खाताका निक्षेपकर्ताहरूले यस बैंकको सहकार्यमा एनआईसी एसिया क्यापिटलले उपलब्ध गराएको पोर्टफोलियो म्यानेजमेन्ट सर्भिस सहुलियत शुल्कमा उपभोग गर्न सक्ने जनाइएको छ । जसमा निक्षेपकर्तासँग भएको पूँजीलाई व्यवस्थापन गरी विभिन्न क्षेत्र (शेयर बजार, म्युचुअल फन्ड, आदी) मा लगानी गरी उच्च प्रतिफल प्रदान गरिन्छ ।

सर्वश्रेष्ठ बचत खाताका बचतकर्ताहरूले आफ्नो बचत खाताको ३ महिनाको औसत मौज्दातको १० गुणासम्म व्यक्तिगत कर्जा सुविधा नेपाल राष्ट्र बैंक तथा उक्त बैंकको विद्यमान व्यवस्थाको पालना गरी सहुलियत ब्याजदर (बेस रेटमा थप १ प्रतिशत) तथा ०.२५ प्रतिशतको न्यूनतम प्रशासनिक शुल्कमा उपभोग गर्न सकिने पूर्व स्वीकृत कर्जा सुविधा पाउँछन् । प्रमुख कार्यकारी अधिकृत न्यौपाने प्रष्ट्याउनु हुन्छ, ‘यदि ग्राहक महानुभावको बचत खातामा पछिल्लो तीन ३ महिनामा औसत रू. १० लाख बचत जम्मा रहेको छ र यस अवस्थामा ग्राहक महानुभावले रू. १ करोड कर्जा लिन चाहेको खण्डमा पूर्व स्वीकृत कर्जा फाइदा अनुरुप तीन महिनाको औसत मौज्दातको १० गुणा बढी अर्थात् रू. १ करोड कर्जा रकममा बेस रेटमा थप १ प्रतिशत ब्याजदर कायम गरी सो कर्जा रकम प्राप्त गर्न सक्नुहुनेछ ।’ यस अवस्थामा कर्जा प्रशासनिक शुल्क ०.२५ प्रतिशत मात्र लाग्ने व्यवस्था छ ।

सर्वश्रेष्ठ नारी वचत खातामा स्विप इन–स्विप आउट सुविधाको पनि आकर्षण छ । यस सुविधा अन्तर्गत खातावालाको बचत खातामा कुनै पनि दिन रू. २००,००० भन्दा बढी रकम मौज्दात भएमा, उक्त बढी रकमलाई रू. १०,००० ले गुणन गरी बैंकले तीन महिनाको मुद्दती निक्षेपमा स्वतः रकमान्तर गर्नेछ र सो रकममा मुद्दती खाताकै सरह वार्षिक उच्चतम ब्याजदर खातावालालाई उपलब्ध गराइनेछ । जसकारण बचतकर्तालाई बचत खातामै राखेको रकममा मुद्दती निक्षेपको ब्याजदर प्राप्त हुन्छ ।

‘यसरी प्राप्त हुने लाभ बचत खाताको भन्दा करिब ४३ प्रतिशत बढी हुने गर्दछ । यस सुविधाले गर्दा खातावालाले मेहनत गरेर कमाएको रकममा सर्वाधिक उच्च ब्याजदर प्राप्त गर्न सक्नुहुनेछ,’ उहाँ भन्नुहुन्छ, ‘मुद्दती निक्षेपमा स्विप इन गरिएको रकम यहाँको आवश्यकता अनुसार बिना झन्झट सजिलै झिक्न अर्थात स्विप आउट गर्न सकिने व्यवस्था समेत रहेको छ । यदि ग्राहकले तीन महिना अगावै (म्याच्युरिटी हुनु अघि) रकम स्विप आउट अथवा झिक्नुभएको खण्डमा सो रकममा बचत खाताकै ब्याजदर प्राप्त हुनेछ ।’