काठमाडौं – नेपाली क्रिकेटर दीपेन्द्र सिंह ऐरी टी-२० अन्तर्राष्ट्रियमा एक हजार रन पूरा गर्ने पहिलो नेपाली खेलाडी बनेका छन् ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी त्रिदेशीय शृंखलाको फाइनल खेलमा पपुवा न्युगिनी (पीएनजी) विरुद्ध २१ रन जोडेसँगै दीपेन्द्र ट्वान्टी २० अन्तर्राष्ट्रिय यो कोशेढुङ्गा पार गर्ने पहिलो नेपाली ब्याटर बन्नु भएको हो ।
यसअघि लिग चरणको अन्तिम खेलमा मलेसियाविरुद्ध अविजित सतकीय इनिङ खेलेका दिपेन्द्र नेपालका लागि ट्वान्टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडीसमेत हुन् ।
यस सूचीको दोस्रो स्थानका पारसको सात सय ९९ रन छ । तेस्रो नम्बरका ज्ञानेन्द्र मल्लको सात सय ४८ रन छ । यस्तै, ओपनर कुशल भुर्तेल ५ सय ७३ रन सहित चौथो स्थानमा छन् । उहाँ ट्वान्टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार रन पूरा गर्ने आइसिसी एसोसियट राष्ट्रको छैटौं खेलाडी समेत बन्नुभयो।
प्रतिक्रिया