अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पाँच दलीय गठबन्धन टालाटुली बाटुली कति राम्रा पुतली भने जस्तै हो : अध्यक्ष ओली

पाँच दलीय गठबन्धन टालाटुली बाटुली कति राम्रा पुतली भने जस्तै हो : अध्यक्ष ओली


काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धन दुई दिनको खेल रहेको बताउनु भएको छ ।

प्रोग्रेसिभ इन्जिनियर्स एशोसिएसन नेपालको महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अदालतको परमाधेशबाट बनेको पाँच दलीय गठबन्धन दुई दिनको खेल भएको आरोप लगाउनु भएको हो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘पाँच दलीय गठबन्धन दिनको केटाकेटीको खेल हो । अदालतले ल्याएर जोडजाम गरिदिएको पुतली हो । टालाटुली बाटुल कति राम्रा पुतली भने जस्तै हो । यी टालाटुली बटुलेका पुतलीहरू राम्रो पनि छैनन् । टाला पनि मिलाएर बनाउन जानेका छैनन्।’

पाँच दलीय गठबन्धन भ्रमको खेती भएको अध्यक्ष ओलीको आरोप छ । स्थायी कुरा सत्य हुने भन्दै ओलीले भन्नुभयो, ‘स्थायी कुरा जनताको आदेश हो । जनताको आदेश के थियो र के आउँछ भन्ने कुरा आगामी निर्वाचनले देखाउँछ ।’

संगठनका अध्यक्ष शम्भुबहादुर श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा पार्टीका सचिव तथा संगठनका इन्चार्ज गोकर्ण विष्ट, जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकाल लगायतले बोल्नुभएको थियो।