काठमाडौं -सत्ता साझेदार नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवा भारतीय जनता पार्टीको कार्यालयमा गएर बेठीक गरेको बताउनुभएको छ। विराटनगर विमानस्थलमा सोमबार पत्रकारहरुसँग कुरा गर्दै नेपालले देउवाले प्रधानमन्त्रीका रुपमा पार्टी कार्यालय जानु गलत भएको बताउनुभएको हो।
प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणका क्रममा भाजपाको पार्टी कार्यालय जानु ठीक भएनु, नेपालले पत्रकारहरुलाई भन्नुभयो।
देउवाको उक्त कदम आफूलाई व्यक्तिगत रूपमा ठीक नलागेको नेपालले बताउनुभयो।
‘म पनि प्रधानमन्त्री भइसकेको व्यक्ति हुँ। देशको प्रतिनिधि भएर पार्टी कार्यालय जानु ठीक भएनु, उनले अगाडि भन्नुभयो पार्टीगत रूपमा भाजपाको कार्यालय गएको भए ठीकै हो, तर प्रधानमन्त्रीका रुपमा जानु राम्रो भएन।’








प्रतिक्रिया