काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तह निर्वाचन घोषणापत्र तयारी समितिमा २८ सदस्य मनोनीत गर्नुभएको छ ।
महामन्त्री गगनकुमार थापाको संयोजकत्वमा गठित घोषणा पत्र तयारी समितिमा देउवा पत्नी एवं केन्द्रीय सदस्य आरजु राणा देउवा समेत मनोनीत हुनुभएकव छ ।
काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी, धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वड, नेपालगन्ज उपमहानगरकी उपमेयरकी उमा थापा मगर, चन्दननाथ नगरपालिकाकी मेयर कान्तिका सेजवाल, नीलकण्ठ नगरपालिकाका मेयर भीम ढुङ्गाना, वालिङ नगरपालिकाका मेयर दिलिपप्रताप खाँण, इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङ, दिप्रुङ चुइचम्पा गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राई पनि तयारी समितिमा अटाएका छन् ।







प्रतिक्रिया