अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विलासी सामान आयातको एलसी रोक्न वाणिज्य बैङ्कहरूलाई राष्ट्र बैङ्कको निर्देशन

विलासी सामान आयातको एलसी रोक्न वाणिज्य बैङ्कहरूलाई राष्ट्र बैङ्कको निर्देशन


काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले गाडी लगायत विलासिताका वस्तुहरूको आयात रोक्न प्रतितपत्र(एलसी) नखोल्न वाणिज्य बैङ्कहरूलाई निर्देशन दिएको छ ।

बढ्दो आयातका कारण अर्थतन्त्र सङ्कटमा परेको भन्दै राष्ट्र बैङ्कले सोमबार बैङ्कका प्रमुख कार्यकारी अधिकृतहरूलाई प्रतितपत्र(एलसी) खोल्न कडाइ गर्न निर्देशन दिएको हो ।

सोमबार राष्ट्र बैङ्कमा भएको छलफलमा अत्यावश्यक बाहेकका वस्तुको आयात ठप्प पार्नुपर्ने रणनीति राष्ट्र बैङ्कले अघि सारेको एक अधिकारीले बताए ।

अहिले विदेशी मुद्रा सञ्चिती ६ महिनाको वस्तु तथा सेवा आयात धान्न समेत नसक्ने अवस्थामा रहेकाले गाडी आयातको एलसी रोक्न भनिएको हो ।