अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

धनुषामा जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

धनुषामा जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


धनुषा – धनुषाको मिथिला नगरपालिका–११ बाहुनमारामा मंगलबार बिहान जिपको ठक्कटरबाट मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक रौतहट चन्द्रनिगाहपुर नगरपालिका–५ का ५६ वर्षीय शेर बहादुर राई रहेका छन् ।

काठमाण्डौबाट बर्दिबासतर्फ जाँदै गरेको प्रदेश १ ०२ ००२ च ५२६३ नम्बरको जिपले राई सवार ना ५२ प ५१३० नम्बरको मोटरसाइकललाई मंगलबार बिहान साढे ८ बजे ठक्कर दिएको थियो । ठक्कर दिने जिप सहित चालक ईलाका प्रहरी कार्यालय ढल्केबर धनुषाको नियन्त्रणमा रहेका छन् ।