अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गोसाइकुण्ड गाउँपालिका कोभिड-१९ विरुद्धको पूर्ण खोपयुक्त पालिका

गोसाइकुण्ड गाउँपालिका कोभिड-१९ विरुद्धको पूर्ण खोपयुक्त पालिका


रसुवा – गोसाइकुण्ड गाउँपालिकालाई कोभिड-१९ विरुद्धको पूर्ण खोपयुक्त गाउँपालिका घोषणा गरिएको छ । सोमबार गाउँकार्यपालिकाको कार्यालय स्याफ्रुबेँशीमा आयोजित कार्यक्रममा गाउँपालिकालाई कोभिड-१९ विरुद्धको पूर्ण खोपयुक्त गाउँपालिका घोषणा गरिएको हो ।

गाउँपालिकाका अध्यक्ष कैसाङनुर्पू तामाङले पहिलो पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख विमल घिमिरेले बताउनु भयो ।

गाउँपालिकाको आठ हजार ४३ कुल जनसंख्या १२ वर्ष उमेर पुगेका सम्पूर्ण नागरिकले कोभिड–१९ विरुद्धको दुई डोज खोप प्राप्त गरेको उहाँले बताउनुभयो ।