अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

स्वार्थी मान्छेले केपी ओली मधेश विरोधी हो भन्ने हल्ला चलाए : अध्यक्ष ओली

स्वार्थी मान्छेले केपी ओली मधेश विरोधी हो भन्ने हल्ला चलाए : अध्यक्ष ओली


वीरगञ्ज – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही व्यक्तिले आफूलाई मधेशविरोधी रहेको हल्ला चलाएको बताउनु भएको छ ।

वीरगञ्जमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले केही स्वार्थी व्यक्तिले केपी ओली मधेशीविरोधी रहेको हल्ला चलाएको बताउनु भएको हो ।

‘केपी ओली मधेशविरोधी हो भन्ने हल्ला चलाए केही स्वार्थी मान्छेहरुले,’ उहाँले भन्नुभयो, ‘म मधेशको मान्छे । ६० वर्षदेखि मत मधेशको बासिन्दा हो । ६० वर्षदेखि मधेशमा बसेको छु ।’