काठमाडौँ – दराजबाट सपिङ गरे नेपाल बैंकका ग्राहकले नयाँ वर्षमा १५ प्रतिशत छुट पाउने भएका छन् । त्यसका लागि नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र अनलाइन सपिङ पोर्टल दराज केयमु प्रालि बीच आज सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र दराजको तर्फबाट प्रबन्ध निर्देशक आँचल कुँवरले हस्ताक्षर गर्नु भएको हो ।
नेपाल बैंकले आफ्ना ग्राहकहरुलाई छुट प्रदान गर्न ई–कमर्स प्लेटफर्मसँग साझेदारी गरेको यो पहिलो पटक हो । नेपाल बैंकमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरुले दराजद्वारा अनलाइन सामान खरिद गर्दा डेबिट कार्डको माध्यम मार्फत अग्रिम भुक्तानीमा अधिकतम १०५ वा रु.१,००० सम्मको छुट र क्रेडिट कार्डको माध्यम मार्फत अग्रिम भुक्तानीमा अधिकतम १५५ वा रु.१,५०० सम्मको छुट प्राप्त गर्न सक्ने छन् ।
उक्त छुट प्रप्त गर्नको लागि ग्राहकहरुले आफ्नो कार्डमा ई–कमर्स सक्रिय गर्नुपर्छ । त्यसको लागि ग्राहकहरुले नेपाल बैंकको शाखाहरुमा सम्पर्क गर्नुपर्दछ । बैंकले ग्राहकहरूलाई आफ्नो कार्डमा ई–कमर्स सक्रिय गर्न र क्रेडिट कार्डको लागि आजै आवेदन दिन सक्ने बैंकक समेत आग्रह गरेको छ ।
नेपाल बैंकले निरन्तर नविनतामा जोड दिँदै आएको र डिजिटल ग्राहकको संलग्नता बढाउन समर्पित छ । सम्झौता समारोहमा बोल्दै नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत अधिकारीले यस्ता डिजिटल सेवाहरू बढाएर र नयाँ प्राविधिक आविष्कारहरू सँग अनुकूलन गरेर नेपालको सम्पूर्ण बैंकिङ्ग उद्योगलाई नयाँ आकार दिन सकिने बताउनु भयो । दराजकी प्रबन्ध निर्देशक आँचल कुवँरले नेपालको पहिलो तथा सबल बैंकसँग सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो ।







प्रतिक्रिया