अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

इन्धनको मूल्यवृद्धि : खाना पकाउने ग्यासको मूल्य पनि बढ्यो

इन्धनको मूल्यवृद्धि : खाना पकाउने ग्यासको मूल्य पनि बढ्यो


काठमाडौं- नेपाल आयल निगमले इन्धनको मूल्य पुनः वृद्धि गरेको छ । गए राति १२ बजेदेखि लागु हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो । निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर पाँच रुपैयाँको दरले मूल्य बढाएको छ ।

अब पेट्रोलको मूल्य प्रतिलिटर १६० रुपैयाँ पुगेको छ । डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १४३ रुपैयाँ पुगेको निगमले जनाएको छ ।

निगमले खाना पकाउने ग्यासको मूल्य पनि बढाएको छ । प्रतिसिलिन्डर १५ सय ७५ रुपैयाँ रहेको खाना पकाउने ग्यासको मूल्य २५ रुपैयाँ बढाएर प्रतिसिलिन्डर १६ सय रुपैयाँ पुर्‍याइएको छ ।