काठमाडौं– विपक्षी दलका नेताले सितिमिति सरकारलाई सहयोग गर्दैनन्, राम्रै काममा पनि असहयोग हुने गर्दछ । कतिपय दूरगामी निर्णयमा पनि विपक्षी दलले सहयोग गर्दैनन् ।
संसदको ठूलो दल भइकन पनि नेकपा एमाले अहिले प्रमुख विपक्षी दल छ । प्रदेशहरुमा पनि एमाले ठूलो छ तर प्रदेशका सबै सरकार गुमाएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी निकट निजामती कर्मचारी संगठनका पदाधिकारीलाई भने सरकारका राम्रो काममा सहयोग गर्न निर्देशन दिनुभयो । उहाँले राम्रा र नियमसंगत कामलाई सहयोग गर्न अपिल गर्नुभएको हो ।
संगठनका नवनिर्वाचित पदाधिकारीलाई निजी निवास बालकोटमा भएको भेटमा अध्यक्ष ओलीले देशमा लुटतन्त्र बढेको बताउँदै गठबन्धनका कारण मुलुकलाई पीडा भएको उल्लेख गर्नुभयो ।







प्रतिक्रिया