अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पाँच दलीय गठबन्धन कुहिसक्यो, अब झर्न बाँकी छः अध्यक्ष ओली

पाँच दलीय गठबन्धन कुहिसक्यो, अब झर्न बाँकी छः अध्यक्ष ओली


भक्तपुर– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धन कुहिसकेको बताउनुभएको छ।

भक्तपुरको सिपाडोलमा आज शान्ति निकेतल माध्यमिक विद्यालयको समुदघाटन तथा हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धनको औचित्य समाप्त भएको बताउनुभएको हो । ‘कसैले अब चिन्ता नगरौं, घाम लाग्छ,’ उहाँले भन्नुभयो।

अध्यक्ष ओलीले चोभारमा सुक्खा बन्दरगाह उदघाटन गरेकोमा प्रधानमन्त्री शेरबहादुर देउवालाई धन्यवाद दिनुभयो । उहाँले भन्नुभयो, ‘थ्याङ्क्स गोज टू शेरबहादुर देउवा, त्यतिबेला बन्दरगाह शिलान्यास गर्न नदिने कांग्रेस नै थियो ।’

कार्यक्रममा एमाले पोलिटब्यूरो सदस्य महेश बस्नेतले पार्टी भनेकै नेकपा एमाले र नेता भनेकै केपी ओली भएको उल्लेख गर्नुभएको थियो ।