अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गोरखा सदरमुकाममा महिलाको शव, हत्या भएको आशंका

गोरखा सदरमुकाममा महिलाको शव, हत्या भएको आशंका


गोरखा – गोरखा सदरमुकामस्थित गोरखा नगरपालिका-९ लक्ष्मी बजार निवासी एक महिला मृत भेटिएकी छन्।  

बुधबार बिहान पौने ७ बजेको समयमा गोरखा नगरपालिका-६ भीआईपी टोलको बारीमा लक्ष्मी बजारकी ३५ वर्षीया फूलमाया सिर्मलाको शव भेटिएको हो।

उनी माइती आएको अवस्थामा मृत भेटिएकी हुन्। घटना सबेरै बिहान २ बजे आसपास भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक धर्मबहादुर अधिकारीले उनको मृत्युको कारण खुलिनसकेको बताएका छन्।

घटनास्थल आसपासमा रगत पनि देखिएको प्रहरीले जनाएको छ। तर महिलाको शरीरमा चोटपटक नभएकाले घटना रहस्यमय रहेको प्रहरीको भनाइ छ।

प्रहरी उनको हत्या भएको आशंकामा अनुसन्धान अघि बढाएको छ। शवलाई अहिले पोस्टमार्टमका लागि जिल्ला अस्पतालमा पठाइएको छ।