अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पालिकाको काम छोडेर कांग्रेसको चुनाव प्रचारमा कर्मचारी

पालिकाको काम छोडेर कांग्रेसको चुनाव प्रचारमा कर्मचारी


सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिकाका कर्मचारी दलको प्रचारमा गएर सेवा अवरुद्ध गरेको स्थानीयले गुनासो गरेका छन् ।  दिनभर पार्टीको  प्रशिक्षण कार्यक्रममा गएर पालिकाबाट दिने सेवा अवरुद्ध भए पछि स्थानीयले गुनासो गरेका हुन् । 

बिहान हाजिर गरेर हिँडेका कर्मचारी बेलुका ३ः३० सम्म पनि नआएपछि  स्थानीय आक्रोशित बनेका छन् । बिहान ११ बजे आएका सेवाग्राही ३ः३० सम्म बस्दा पनि कर्मचारी न आएपछि स्थानीय सेवाग्राहीले हामिलाई फोन गरेका थिए । हामीले तत्कालै सुनकोसी गाउँपालिकाका सूचना अधिकारीलाई फोन गर्‍यौ। उहाँले आफूलाई थाहा नभएको भन्दै हामीसङ कुरा गर्न चाहेनन् । आफूलाई थाहा नभएको र पालिकाका रोजगार संयोजकलाई  सम्पर्क गर्नु भनेर फोन राखिदिए । 

त्यस लगत्तै हामीले पालिकाका रोजगार संयोजकलाई फोन गरेका थियौ । उहाँले नेपाली काङ्ग्रेसको पार्टी कार्यालयमा गएको स्वीकार्नु भयो । उहाँल‍े घटनाको ढाकछोप गर्दै युनियनको कार्यक्रममा गएको र पालिकाबाट दिइने सेवामा कुनै अवरुद्ध नभएको बताउनु भयो । उहाँले पालिकामा सेवा लिनका लागि कोही सेवाग्राही नआएको बताउनु भयो ।  

 ‘आफू दिनभर पालिकामा कुर्दा कुर्दा पनि कोही आएनन् ।  दिउँसो १२ बजे आएको थिए । ३ः३० सम्म बसे कर्मचारी कोही आउनुभएन अनि घर फर्के ।  घर जाँदै थिए नेपाली काङ्ग्रेसको पार्टी कार्यालयबाट कर्मचारीहरू धमाधम निस्केको देखे एक स्थानीयले  बताए । 

‘बिहानै घरबाट निस्कियो दिनभर यहाँ बस्यो कर्मचारी कोही हुन्नन् ।  पालिकामा कर्मचारी खोइ भन्यो कार्यक्रममा जानू भाछ भन्छन् । घर फर्कँदा त पार्टी कार्यालयमा देखिन्छ’,उहाँले बताउनु भयो ।

निर्वाचन आयोगको आचार संहितामा स्पष्ट रूपमा सरकारी कर्मचारीले कुनै दलको कार्यक्रममा सहभागी हुन नपाइने प्रावधान छ । यसरी सेवाग्राहीलाई दिनभरि कुराएर दलको कार्यक्रममा जानुले सुनकोसी गाउँपालिका कहाँ छ भन्ने कुरा प्रस्ट हुन्छ ।