अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नुवाकोटको ककनीमा एमालेबाट प्रमुखमा अधिकारी र उपप्रमुखमा लामा उम्मेदवार

नुवाकोटको ककनीमा एमालेबाट प्रमुखमा अधिकारी र उपप्रमुखमा लामा उम्मेदवार


नुवाकोट – नुवाकोटको ककनी गाउँपालिमा एमालेबाट प्रमुखमा काशिराज अधिकारी र उपप्रमुखमा लजिता लामा ‘सुनिता’ सर्वसम्मत उम्मेदवार चयन हुनु भएको छ ।

आज ककनी डाँडामा भएको गाउँकमिटीको बैठकले सर्वसम्मत रूपमा प्रमुखमा अधिकारी र उपप्रमुखमा लामाको नाम सिफारिस गरेको हो ।

अधिकारी नेकपा एमाले नुवाकोटका उपसचिव पनि हुन् । २०५४ सालमा थानसिङ गाविसको अध्यक्षमा विजयी भएका अधिकारीले फेरि २५ वर्षपछि नयाँ इतिहास बनाउने अवसर पाउनु भएको छ ।

पेशाले लेखापरीक्षक रहेका अधिकारी ककनीमै कृषि कर्ममा पनि सक्रिय हुनुहुन् । लामा यसअघि २०७४ को स्थानीय तह निर्वाचनमा पनि उपप्रमुखमा एमालेकै तर्फबाट उम्मेदवार हुनुहुन्थ्यो । वडाहरूको उम्मेदवार पनि करीब सर्वसम्मत नै भएको एमाले ककनीका नेताले बताएका छन् ।

गाउँपालिका कमिटीले नै सर्वसम्मत उम्मेदवार सिफारिस गरेपछि जिल्ला वा प्रदेश कमिटीले त्यही निर्णय अनुमोदन गर्नेछ ।