दमक – प्रेस चौतारी माइ पश्चिम क्षेत्रीय कमिटी झापाको चौथो अधिवेशनले अध्यक्षमा भुमिराज पराजुलीलाई सर्वसम्मत अध्यक्ष चयन गरेको छ ।
दमकमा आज भएको अधिवेशनले उपाध्यक्षमा लक्ष्मीप्रसाद अधिकारी, सचिवमा कोशिष शिवाकोटी, सहसचिवमा सृष्टि गुरागाई, कोषाध्यक्षमा दिपेस पोखरेललाई सर्वसम्मत चयन गरेको हो ।
क्षेत्रीय कमिटीको सदस्यहरुमा मातृका पौडेल, जयकुमार राई, कमल कटुवाल, मन राईलाई चयन गरेको प्रेस चौतारी नेपाल जिल्ला कमिटी झापाले जनाएको छ ।
अधिवेशनका प्रमुख अतिथि नेकपा एमाले झापा सचिव शिव ढुङगेलले प्राविधिको परिवर्तनसँगै पत्रकारले पनि आफैलाई परिवर्तन गर्दै समयले मागेको सीपमा दक्ष हुनुपर्ने बताउनु भयो । पत्रकारिताको माध्यमबाट अब्बल कायम गर्नुपर्ने सचिव ढुङगेलको भनाई रहेको छ । अहिले देश स्थानिय निर्वाचनमा होमिएको हुदा सत्यताई टेकेर आम नागरिकलाई सुसुचित गर्नुपर्ने बताउनु भयो ।
निजी स्वास्थ्य र आस्थाको आधारमा समाचारलाई तोडमोड गर्न नहुने उहाँको तर्क छ । संगठनका जिल्ला अध्यक्ष मनकुमार गदालको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य तथा प्रदेश सह इन्चार्ज टिकाराम उप्रेतीले पत्रकारहरु संख्यामा भन्दा पनि सीप क्षमतामा दक्ष हुनु पर्ने बताउनु भयो ।
पत्रकार महासंघ १ न. प्रदेश कोषध्यक्ष विमल लामिछाने, प्रेस युनियन झापा उपसभपति गिरीराज भटराई, पत्रकार मञ्च दमक संस्थापक अध्यक्ष गंञ्ज बहादुर दाहाल र प्रेस चौतारी १ न. प्रेदश युवराज विवश लगायतले मन्तब्य राख्नु भएको थियो ।







प्रतिक्रिया