अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माओवादीका बागलुङ नगर कमिटी अध्यक्ष केसी एमालेमा प्रवेश

माओवादीका बागलुङ नगर कमिटी अध्यक्ष केसी एमालेमा प्रवेश


बागलुङ – नेकपा माओवादी केन्द्रका बागलुङ नगर कमिटी अध्यक्ष इन्द्र केसी ‘पारस’ नेकपा एमालेमा प्रवेश गर्नु भएको छ ।

बागलुङमा आयोजित कार्यक्रममा एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङले केसीलाई पार्टीमा स्वागत गर्नु भएको थियो ।

केसीले एमसीसी अनुमोदन तथा कांग्रेससँगको गठबन्धन जस्ता विषयमा सैद्धान्तिक असहमति जनाउँदै हालै मात्र पार्टी परित्याग गर्नु भएको हो ।