अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

औचित्यका आधारमा गठबन्धन हुन्छ : शेखर कोइराला

औचित्यका आधारमा गठबन्धन हुन्छ : शेखर कोइराला


मोरङ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले आगामी निर्वाचनमा सत्तागठबन्धन दलबीच तालमेल औचित्य र आवश्यकताका आधारमा हुने बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले नेकां कन्द्रीय समितिको निर्णय एवं क्षेत्रीय र जिल्लाको सुझावअनुसार तालमेल हुने स्पष्ट पार्नुभयो । नेता कोइरालाले निर्वाचन परिचालन कमिटी र नेकां केन्द्रीय कमिटीले उम्मेदवार चयन गर्ने सहमति भएको बताउनुभयो ।

उहाँले पार्टी सभापति शेरबहादुर देउवाले उम्मेदवार छनोट गर्न भएको सहमति सुन्दर पक्ष हो भन्दै सुझबुझका साथ लिएको निर्णयले पार्टीमा उपलब्धि हासिल हुने जिकिर गर्नुभयो । एक प्रश्नको जवाफमा नेता कोइरालाले नेविसङ्घ र तरुण दलको सभापति नियुक्ति गर्नु पार्टी  सभापतिको अधिकार भएको हो र त्यसमा कुनै विरोध नरहेको बताउनुभयो ।

मुलुकको अर्थतन्त्र जोगाउन विलाशिताको सामानलगायत सुपारी, मरिच, मटर र छोकडाको आयात बन्द गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।