अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गठबन्धन दललाई उम्मेदवार छान्न वडामै सकस, सर्वसम्मतको बाटोमा एमाले

गठबन्धन दललाई उम्मेदवार छान्न वडामै सकस, सर्वसम्मतको बाटोमा एमाले


काठमाडौं- गठबन्धनका दलहरुलाई उम्मेद्वार छान्न वडा स्तरमै सकस भएको छ। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीलाई आकांक्षी धेरै हुँदा वडाध्यक्ष, सदस्यहरु छनौटमै समस्या भएको हो।

नेकपा एमालेले भने सबै ठाउँमा सर्वसम्मत उम्मेदवार बनाउने नीति लिएको छ।

‘केही ठाउँमा सर्वसम्मत चयन भएको छ भने धेरैजसोमा आकांक्षी धेरै हुँदा वडा समितिले पालिका, प्रदेश क्षेत्र, क्षेत्र हुँदै जिल्लामा नामावली पठाउनेछ,’ कांग्रेस जिल्ला सभापति नन्दप्रसाद न्यौपानेले भने, ‘जिल्लासम्म आउँदा उम्मेद्वार टुङ्ग्याउँछौँ, यो पक्रिया सुरु भईसकेको छ।’