अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नुवाकोट काँग्रेसका पूर्वउपसभापति यमबहादुर थापा नेकपा एमालेमा प्रवेश

नुवाकोट काँग्रेसका पूर्वउपसभापति यमबहादुर थापा नेकपा एमालेमा प्रवेश


काठमाडौ- नेपाली कांग्रेस नुवाकोटका पूर्वउपसभापति यमबहादुर थापा नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । एमाले नुवाकोटका अध्यक्ष बद्री मैनालीको निवासमा पुगेर आज बिहान थापा एमाले प्रवेश गर्नुभएको हो । थापासहित कांग्रेसका अर्का नेता भगवान पौडेल पनि एमालेमा प्रवेश गरेको मैनालीले जानकारी दिनुभयो ।
कांग्रेसको १४ औँ महाधिवेशनमा पञ्चकन्या गाउँपालिकाको सभापतिमा ६ मतको अन्तरमा पराजित भएका थापा साविक भद्रुटार गाविसका निर्वाचित गाविस अध्यक्षसमेत हुनुहुन्थ्यो ।