काठमाडौं – नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडूले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्हाल्ने भएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा आज कानुन व्यवसायी गोविन्द बन्दी कानुन, न्याय तथा संसदीय मामिलामन्त्री नियुक्त हुनु भएको छ ।
यसअघि बडूले उक्त मन्त्रालय सम्हाल्दै आउनु भएको थियो । मन्त्री बडुले आफूले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्हाल्ने जानकारी अनौपचारिक माध्यमबाट पाएको बताउनु भयो ।
यो मन्त्रालय लामो समयदेखि प्रधनमन्त्री आफैंले समाली रहनुभएको थियो । प्रधनमन्त्री देउवाले २२ साउनमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराका जेठान गजेन्द्र हमाललाई मन्त्री नियुक्त गर्नु भएको थियो । तर चर्को विरोध भएपछि हमालले केही दिनमै राजीनामा दिनु भएको थियो ।







प्रतिक्रिया