अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कानून मन्त्रीमा नियुक्त बन्दी माधव नेपालका नातेदार

कानून मन्त्रीमा नियुक्त बन्दी माधव नेपालका नातेदार


काठमाडौँ – नेकपा एकीकृत समाजवादीको कोटामा कानुनमन्त्रीमा नियुक्त हुनु भएका गोविन्द बन्दी अध्यक्ष माधवकुमार नेपालको परिवारका नातेदार भएको खुलेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा गैरसांसद अधिवक्ता बन्दीलाई संविधानको धारा ७८ अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्री नियुक्त गर्नु भएको छ । उहाँको सपथ अहिले दिउँसो २ बजे हुँदैछ ।

बन्दी परमादेश जारी गराएर शेरबहादुर देउवालाई सिधै सर्वोच्चबाट प्रधानमन्त्री नियुक्त गराउन भूमिका खेल्ने मध्येका एक प्रमुख पात्र हुन्  । बन्दी तीनै व्यक्ति हुन जसले प्रधानन्याधीश चोलेन्द्रशम्शेर राणाको विरूद्धमा सर्वोच्च आन्दोलन गराउन समेत भूमिका खेलेका थिए ।

बन्दीले यसअघि कानुनमन्त्री नबनाएको भन्दै नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय सदस्य र कानुन विभाग प्रमुखको पद अस्वीकार गरेका थिए । त्यसपछि उहाँले श्रीमतिलाई न्यायाधीश बनाउने ध्येका साथ सर्वोच्चको आन्दोलनमा सघाउनु भएको थियो ।