अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कानून, न्याय तथा संसदीय मामिला मन्त्रीमा गोविन्दप्रसाद शर्मा नियुक्त

कानून, न्याय तथा संसदीय मामिला मन्त्रीमा गोविन्दप्रसाद शर्मा नियुक्त


काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीमा गोविन्दप्रसाद शर्मा (कोइराला) लाई नियुक्त गर्नुभएको छ । 

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७८ को उपधारा (१) बमोजिम प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीमा शर्मा (कोइराला) लाई नियुक्त गर्नुभएको हो । 

त्यस्तै, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको कार्यभार सम्हाल्दै आउनुभएका मन्त्री दिलेन्द्रप्रसाद बडूलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको कार्यभार सम्हाल्ने गरी जिम्मेवारी तोक्नुभएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा जनाइएको छ  ।