अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओलीद्वारा आगलागी पीडितलाई जस्तापाता र एक-एक लाख दिने घोषणा

अध्यक्ष ओलीद्वारा आगलागी पीडितलाई जस्तापाता र एक-एक लाख दिने घोषणा


नेपालगञ्ज – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगलागीमा परेका १६ घरपरिवारलाई जस्तापाता र रु. एक-एक लाख दिने घोषणा गर्नुभएको छ ।

अध्यक्ष ओलीले हालै बाँकेको नरैनापुरमा भएको आगलागीमा परेका १६ घरपरिवारलाई जस्तापाता र रु. एक-एक लाख दिने घोषणा गर्नु भएको हो ।

नेकपा एमाले, बाँकेले नेपालगञ्जमा आज आयोजना गरेको अगुवा कार्यकर्ता भेला एवं पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले समृद्ध नेपाल निर्माणका लागि एमाले प्रतिबद्ध रहेको बताउनुभयो ।

अध्यक्ष ओलीले मुलुकको विकास र समृद्धिका लागि स्थानीय तहको निर्वाचनमा जनताले एमालेलाई नेतृत्वमा पु¥याउने बताउनुभएको छ ।

उहाँले अहिले मुलुकको अर्थतन्त्र सङ्कटमा परेको उल्लेख गर्दै लगानी गर्ने पूँजी नभएकाले लगानी भएन भने रोजगारी र उत्पादन अगाडि बढ्न सक्दैन भन्नुभयो । उहाँले जनमैत्री कार्यक्रम गर्न सरकारसँग आग्रह पनि गर्नुभयो ।