अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेसबाट चुनाव जितेकी गुलरीया नगरपालिका उपप्रमुख गीरी र वडा अध्यक्ष एमालेमा प्रवेश

कांग्रेसबाट चुनाव जितेकी गुलरीया नगरपालिका उपप्रमुख गीरी र वडा अध्यक्ष एमालेमा प्रवेश


बर्दिया -काँग्रेसबाट चुनाव जितेकी गुलरिया नगरपालिकाका उपप्रमुख सुशीला गिरी बिहीबार एमालेमा प्रवेश गर्नुभएको छ । अध्यक्ष केपी शर्मा ओलीले गुलरियामा आयोजित आमसभामा गीरीलाई एमाले प्रवेश गराउनुभएको हो ।
गिरी कांग्रेसकी महिला संघकी पूर्वसभापति हुनुहुन्थ्यो । । यसैगरी कांग्रेसबाट गुलरिया-६ बाट निर्वाचित वडाध्यक्ष निरज शर्मा पनि एमालेमा प्रवेश गर्नुभएको छ । एमालेनिकट नेपाल भूमिहीन सुकुम्बासी संगठनको प्रथम राष्ट्रिय अधिवेशनलाई उद्घाटन गर्न बर्दिया पुग्न भएका अध्यक्ष ओलीले उपमेयर र वडाअध्यक्ष पार्टी प्रवेश गराउनुभएको हो । ।
यसैगरी समाजवादी, माओवादीलगायत पार्टीबाट करिब २ हजार कार्यकर्ता एमालेमा प्रवेश गरेको एमालेले जनाएको छ ।