अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अनेमसंघले निकाल्यो स्थानीय तह जितेका आफ्ना महिला जनप्रतिनिधिको विवरण पुस्तक ‘चिनारी’

अनेमसंघले निकाल्यो स्थानीय तह जितेका आफ्ना महिला जनप्रतिनिधिको विवरण पुस्तक ‘चिनारी’


काठमाडौं- स्थानीय तहको निर्वाचन आउनै लाग्दा अखिल नेपाल महिला संघले एउटा पुस्तक मार्फत देशैभरीका एमालेबाट चुनाव जितेका स्थानीय तहका महिला जनप्रतिनिधिहरुको विवरण छापेको छ । ‘चिनारी’ नाम दिइएको यो पुस्तकमा जिल्ला समन्वय समितिका महिला प्रमुख, उपप्रमुख सदस्य देखि नगरपालिकाका महिला मेयर, उपमेयर देखि वडाध्यक्ष, महिला सदस्य र दलित महिला सदस्यसम्मको चिनारी समेटिएको छ ।

पुस्तकमा एमालेबाट जितेका अधिकांश महिला जनप्रतिनिधिहरुको तस्बिर सहितको कार्यअनुभव विवरण पाइन्छ । जसमा जिससका प्रमुख उपप्रमुखहरुको करिब एक पेज लामो पाँचवर्षे अनुभव समेटिएको छ ।

यसैगरी मेयर उपमेयर,अध्यक्ष,उपाध्यक्षहरुको शैक्षिक योग्यता ,उमेर सहितको चिनारी पुस्तकमा समावेश छ । त्यति मात्र होइन आफूले पाँचवर्षे कार्यकालयमा गरेका कामका अनुभव, कानुनी क्षेत्रका उपलब्धी, भौतिक र पूर्वाधार विकासका काम लगायत थुप्रै अनुभवहरु आफ्नै शब्दमा लेखिएकोले पढ्नलाई पनि पुस्तक रोचक छ । अनेम संघले झण्डै तीन महिना अघि देखि महिला जनप्रतिनिधिहरुलाई एउटा फारम भराएर यस्ता सूचनाहरु संकलन गरेको थियो । निर्वाचनको मुखैमा प्रकाशन गरिएको यो पुस्तकले साँच्चै नै महिला जनप्रनिधीको परिचय आम जनतासम्म एक पटक पुगेको छ । पाँचवर्षे कार्यकालमा कसले के गरे भनेर पार्टीको उपल्लो निकाय, आम जनता अथवा सरकारको नीति निर्माण तहका जो कोहीले हेर्न चाहँदा पनि पुस्तकले सबैकुरा छर्लङ बनाउँदछ ।

अखिल नेपाल महिला संघकी केन्द्रीय सचिव सुजिता शाक्य सम्पादक रहेको यो पुस्तकको सूचना संकलन र सम्पादनमा इन्दिरा फुयाँल, मथुरा खनाल, श्रीधर आचार्य, धातृप्रसाद सुवेदी र नवराज खतिवडाको अहोरात्र खटेर पुस्तक प्रकाशन भएको हो । विशेष प्रकारको फर्म मार्फत हरेक व्यक्तिबाट आउने सूचनालाई एकिकृत गर्न खोजिए पनि त्यती ठूलो संख्याका सूचनालाई क्रमवद्ध र शिलसिला मिलाएर राख्ने कुरा सम्पादक मण्डलका लागि सहज विषय थिएन ।

नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि भएको राज्यको पुनसंरचना निर्माण गरेका स्थानीय तहहरु सरकारको हैसियतमा छन् । यस्ता गौरवपूर्ण संस्थाको पहिलो कार्यकालमा नेतृत्वमा रहेका महिलाहरुले यस कार्यकालयमा कसरी काम गरे,उपलब्धी के गरे भन्ने कुरा सुदुर भविष्यसम्मका लागि एउटा पल्टाइरहनु पर्ने दस्तवेजको रुपमा यो पुस्तक प्रकाशन भएको छ । यसले महिला सशक्तिकरण, नेतृत्व विकासको जगमा एक खुड्किलो थपेको कुरामा कुनै सन्देह छैन ।