अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

‘चार सिटे हैसियतका प्रचण्ड-माधवलाई बहुमत दिएँ, तर मलाई नै हटाउन खोजे’: अध्यक्ष ओली

‘चार सिटे हैसियतका प्रचण्ड-माधवलाई बहुमत दिएँ, तर मलाई नै हटाउन खोजे’: अध्यक्ष ओली


काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश बनाउनका लागि प्रचण्ड-माधवलाई बहुमत दिएर पार्टी एकता गर्दा उल्टै आफैँलाई हटाउन खोजेपछि उनीहरूलाई औकातमा फर्काइदिएको बताउनु भएको छ।

एमाले निकट स्वास्थ्यकर्मी संगठनको महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले चार सीट पनि ल्याउन नसक्ने प्रचण्डलाई ५४ सिटको पार्टी बनाइदिँदा उल्टै माधव नेपाल जस्ता कुण्ठाग्रस्त मान्छेहरूलाई बोकेर आफूमाथि झम्टिएको टिप्पणी गर्नुभयो ।

अध्यक्ष ओलीले देश बनाउनका लागि भनेर प्रचण्ड माधवलाई बहुमत दिएँ तर उल्टै मलाई हटाउन दुनिया षडयन्त्र गरी बहुमतको दुरुपयोग गरेको आरोप लगाउनु भयो । उहाँले भन्नुभयो, ‘मैले वरदान दिएँ तर मेरै टाउकोमा हात राख्ने भष्मासुर प्रवृत्ति देखाए । माधव नेपाल २३ सिट ल्याउने हुती भएको मान्छे हुन् ? पार्टीभित्रको कुरा हो भनेर खुरुखुरु दिइयो तर एमालेलाई दिएको भोट बेचेर हिँडे । नेपालले अब तीन सिट ल्याएर देखाउन् ।’  

अध्यक्ष ओलीले बारको चुनावको परिणाम पूर्व निर्धारित नै रहेको भन्दै जनताको जनमत वैशाख ३० पछि मात्र प्रकट हुने बताउनु भयो ।