अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपाल बार एसोसिएसनको अध्यक्षमा घिमिरे, महासचिवमा खनाल

नेपाल बार एसोसिएसनको अध्यक्षमा घिमिरे, महासचिवमा खनाल


काठमाडौं – नेपाल बार एसोसिएसनको अध्यक्षमा गोपालकृष्ण घिमिरे निर्वाचित हुनु भएको छ । घिमिरे ४४ सय ३३ मत ल्याएर अध्यक्षमा विजयी हुनु भएको हो । घिमिरेका निकटतम प्रतिद्वन्द्वी विष्णुमणि अधिकारीले २४ सय ८२ मत ल्याएका छन् ।

त्यस्तै महासचिवमा अन्जिता खनाल विजयी हुनु भएको छ । उहाँले ३६ सय ८२ मत ल्याउनु भएको छ । उहाँका निकटतम प्रतिस्पर्धी केदारप्रसाद कोइरालाले २९ सय ८९ मत ल्याएका छन् ।

अन्य पदाधिकारीमा पनि घिमिरे प्यानल नै विजयी भएका छन् । घिमिरे गठबन्धनका तर्फबाट चुनाव लडेका थिए भने अधिकारी प्रगतिशील समूहबाट उम्मेदवार थिए ।