काठमाडौँ – राप्रपा नेपालका अध्यक्ष कमल थापाले स्थानीय तहको निर्वाचनमा एमालेसँग तालमेल हुनसक्ने बताउनुभएको छ ।
आज चाबहिलमा आयोजित कार्यक्रममा अध्यक्ष थापाले नेकपा एमालेसँग तालमेल हुने सम्भावना रहेको बताउदै सूर्य चुनाव चिह्नलाई साझा बनाएर जान सक्ने सम्भावना रहेको बताउनुभएको छ ।
पार्टीको स्थानीय तह निर्वाचन घोषणापत्र र चुनाव चिह्न सार्वजनिक गर्नका लागि आयोजित कार्यक्रममा उहाँले अहिलेको अवस्थामा आफ्नो पार्टीको संगठन विस्तार नभइसकेकोले तालमेल बाहेक अर्को विकल्प नरहेको बताउनुभयो ।
थापाले भन्नुभयो, ‘एमालेसँग स्थानीय तहमा तालमेल हुने सम्भावना छ, छलफल चलिरहेको छ । सूर्य चिह्नलाई साझा बनाएर चुनावमा जान सकिन्छ । अवस्था हेरेर अरु दलहरुसँग पनि सहकार्य हुनसक्छ ।’







प्रतिक्रिया