अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दैलेखको आठबीस नगरमा एमालेबाट मेयरमा १३ र उपमेयरमा ७ जनाको दावी पेश

दैलेखको आठबीस नगरमा एमालेबाट मेयरमा १३ र उपमेयरमा ७ जनाको दावी पेश


दैलेख – नेकपा एमाले आठबीस नगर कमिटिको आज बसेको सचिवालय बैठकमा नगर प्रमुखको दाबेदारी आकांक्षी धेरै भएका छन् .

नगर प्रमुखमा १३ जना तथा उपप्रमुखमा ७ जनाको दाबी गरेको नगर कमिटिले जनाएको छ । नगरप्रमुखमा उम्मेदवारी दिनेहरुमा हर्कबहादुर शाही, तर्कबहादुर बडुवाल, ओमजंग शाही, मिनबहादुर शाही रहेका छन् ।

यस्तै, तेजबहादुर महतारा, खड्गराज उपाध्याय, पदम माझी, नेत्र विष्ट, जीवन शाहीले पनि नगरप्रमुखका लागि दावी गरेका छन् । दिपेन्द्रराज खनाल, पर्वसिंह विश्वकर्मा, सिंहराज शाही र लालसरा थापाले पनि नगरप्रमुखको उम्मेदवारीमा दावी गरेका छन् ।

नगर उपप्रमुखतर्फ कमला थापा, गोमता विक, नामसरा कार्की, जौधरा खनाल आचार्यले दाबी गरेका छन् । यस्तै, कल्पना थापा, गोमा उपाध्याय र सिता सुनारले उपप्रमुखमा दाबी गरेका छन् ।

नगर कमिटिले नगर प्रमुख र उपप्रमुखमा तीन-तीन जनाको नाम सिफारिस गर्ने भएको छ । सहमति भएको खण्डमा भने दुवै पदका लागि एक-एक जनाको नाम पठाइने तयारी छ ।