अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गर्भनर निलम्बन : ढंग मरु, कसो गरूँ : विष्णु रिमाल

गर्भनर निलम्बन : ढंग मरु, कसो गरूँ : विष्णु रिमाल


काठमाडौं – नेकपा एमाले उपमहासचिव विष्णु रिमालले आफ्नो अक्षमता छोप्न अर्थमन्त्री जनार्दन शर्माले गभर्नर महाप्रसाद अधिकारीलाई निशाना बनाएको टिप्पणी गर्नुभएको छ ।

आफ्नो अक्षमता छोप्न अरूमाथि जाई लाग्नेलाई हाम्रो तिर भन्थे “ढङ्ग मरु, कसो गरूँ ?” निरन्तर बिग्रीरहेको अर्थतन्त्रलाई ठीक बाटोमा ल्याउन सबैसँग सहयोगको याचना गर्नुपर्ने बेला प्रिय अर्थमन्त्रीजी, अर्थ’कैख‘ बैधानिक’ सल्लाहकार– गभर्नरलाई निलम्बन गरेर महान काम गर्नुभयो, क्यावात्,’ उपमहासचिव रिमालले ट्वीटरमार्फत व्यांग्यात्मक शैलीमा आलोचना गर्नुभएको छ।

उहाँले अमेरिकाबाट ४० करोड भित्र्याउन दबाब दिनु र अहिले गभर्नरको निलम्बन हुनु संयोगमात्रै नभएको बताउनुभएको छ। ‘हिजो अस्ति के कसो करोड–सरोडको चर्चा हुनु, आज “अटेरऔगभर्नर”लाई निलम्बन गर्नु “स्याल कराउनु र बाख्रा हराउनु” जस्तै हो त ?’ उहाँले प्रश्न गर्नुभएको छ ।

परमादेशको सरकारले स्रोत नुखुलेको ४० करोड रूपैयाँ छुटाउन गभर्नर अधिकारीमाथि दबाब दिएको थियो । तर उक्त दबाबका विषयमा सञ्चारमाध्यम आएपछि सरकारले गभर्नरलाई निलम्बन नै गरेको छ । साथै सरकारले डेपुटी गभर्नर निलम ढुंगानालाई कामुको जिम्मा दिएको छ ।

मुलुकलाई आर्थिक संकटबाट रोक्न पटक लिखित र मौखिक सुझाव दिँदै आएका अधिकारीलाई अर्थ मन्त्रालयले निलम्बनको पत्र थमाएको हो । मन्त्रिपरिषद्‍को बिहीबारको बैठकले अधिकारीमाथि छानबिन गर्ने निर्णय गर्दै छानबिन समिति पनि गठन गरेको थियो ।

उक्त छानबीन समितिमा गृहमन्त्री बालकृष्ण खाँण, अर्थमन्त्री जनादर्न शर्मा, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, उर्जामन्त्री पम्फा भुसाल, स्वास्थ्यमन्त्री विरोध खतिवडा र संघीय मामिलामन्त्री राजेन्द्र श्रेष्ठ हुनुहुन्थ्यो ।

अछामको बान्नीगढी जयगढ घर भएका पृथ्वीबहादुर शाहको खातामा दुई महिनाअघि करिब ४० करोड रुपैयाँ आएको थियो । रकम शंकास्पद देखिएपछि यस विषयमा अमेरिकाको सरकारी निकाय फाइनान्सियल क्राइम इन्फोर्समेन्ट नेटवर्क (फिनसेन) ले नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेको थियो ।

राष्ट्र बैंककै सिफारिसमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पनि अनुसन्धान गरिरहेका बेला परमादेशी सरकारका प्रतिनिधि अर्थमन्त्री जनार्दन शर्माले हस्तक्षेप गर्नुभएको थियो ।