अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ट्याक्सी भाडा बढ्यो (सूचीसहित)

ट्याक्सी भाडा बढ्यो (सूचीसहित)


काठमाडौं  – बागमती प्रदेश सरकारले ट्याक्सीको भाडा बढाइएको छ।

बागमती प्रदेश श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयले आगामी वैशाख १ देखि लागू हुनेगरी ट्याक्सीको भाडा बढाएको हो।

मन्त्रीस्तरीय निर्णयबाट भाडा बढाइएको मन्त्रालयले जनाएको छ। काठमाडौं उपत्यकामा पाँच किलोमिटरसम्मको दूरीका लागि २ रूपैयाँ बढेको छ भने २० किलोमिटरभन्दा धेरैका लागि ३ रुपैयाँ बढेको छ।

नयाँ भाडाअनुसार पाँच किलोमिटरमा २० रुपैयाँ हुनेछ भने २० किलोमिटरभन्दा धेरैको दूरीमा ३८ रुपैयाँ भाडा पुगेको छ। डाउन फ्लग ५० रुपैयाँ कायम गरिएको छ।