अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

निर्वाचन दौडधपुः प्रचण्ड चितवनतिर, स्थानीय कांग्रेस नेता काठमाडौंतिर

निर्वाचन दौडधपुः प्रचण्ड चितवनतिर, स्थानीय कांग्रेस नेता काठमाडौंतिर


काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चिवतन दौडधुप बढेको छ। अध्यक्ष प्रचण्ड यतिवेला स-साना कार्यक्रमलाई सम्बोधन गर्न पनि चितवन पुग्नुहुन्छ । शुक्रबार पनि चितवन पुग्नु भएको थियो । एक हप्तामा कम्तीमा दुई पटक पुग्ने उहाँको दौडधुप निर्वाचनकेन्द्रित छ।

निर्वाचनमा फेरि भरतपुर महानगरपालिका माओवादीलाई पार्ने र संघीय निर्वाचनमा आफू तालमेल गरेर निर्वाचन जित्ने उद्देश्यले प्रचण्डको चितवन आउजाउ बाक्लो भएको हो । तर, उहाँको यो योजना तुहाउन नेपाली कांग्रेस चितवनका नेताहरूको पनि दौडधुप जारी छ ।

चितवनबाट केन्द्रीय सदस्य हुनुभएका टेकबहादुर गुरुङ, दिनेश कोइरालादेखि निवर्तमान सभापति जीतनारायण श्रेष्ठ भरतपुर महानगरपालिका यसपटक कांग्रेसले पाउनुपर्ने भन्दै नेतृत्वहरूलाई दबाब दिँदै आएका छन् । उहाँहरूको दौडधुप काठमाडौं केन्द्रित छ ।

गठबन्धनले गठन गरेको निर्वाचन तयारी तथा अनुगमन समिति संयोजक रामचन्द्र पौडेललाई यी नेताहरूले बिहीबार भेटेर कांग्रेसले यसपटक भरतपुर महानरपालिका नछोड्ने र छोडियो भने नमान्ने चेतावनी दिएका छन् ।

शुक्रबार बालुवाटारमा प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवालाई पनि भेटेर भरतपुरमाथिको दाबी नछाड्ने भन्दै ध्यानाकर्षण गराएका छन् । सो क्रममा देउवाले कार्यकर्ताहरूको भावनालाई सम्बोधन गर्ने अधिकतम प्रयत्न गर्ने आश्वासन दिएको निवर्तमान सभापति जितनारायण श्रेष्ठले बताउनु भयो ।

चितवनमा कांग्रेसले यसअघि भने गठबन्धन गर्न अस्वीकार पनि गरेको थियो । हालै गठबन्धन गर्न सहमत भए पनि भरतपुर महानगरपालिका नछाड्ने दृड अडानमा कांग्रेस छ । जुन माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको चाहनाविपरीत देखिएको छ ।