अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रदेश र संघको निर्वाचनमा माओवादीसँग तालमेल हुन सक्छ तर माधव नेपालसँग कुरा पनि हुँदैनः सचिव महासेठ

प्रदेश र संघको निर्वाचनमा माओवादीसँग तालमेल हुन सक्छ तर माधव नेपालसँग कुरा पनि हुँदैनः सचिव महासेठ


काठमाडौँ – नेकपा एमालेका सचिव रघुवीर महासेठले प्रदेश र संघको निर्वाचनमा नेकपा माओवादी केन्द्रसँग तालमेल हुन सक्ने बताउनु भएको छ । एमालेले माओवादीलगायत वामपन्थी र प्रगतिशील शक्तिसँग तालमेल गर्न सक्ने सम्भावना रहेको बताउनु भयो । तर, माधवकुमार नेपाल नेतृत्वको नेकपाखएकीकृत समाजवादीसँग भने तालमेलको सम्भावना पटक्कै नभएको उहाँको भनाइ छ ।

‘कसैले सोचेको थियो र दुई पार्टीबीच एक्कासी एकता हुन्छ भनेर ? भयो त । सहकार्य हुन सक्छ’, सचिव महासेठले भन्नुभयो, ‘अहिले माओवादी एउटा प्रतिक्रियावादी खेमामा पुगे पनि, दक्षिणपन्थी खेमामा पुगे पनि, कम्युनिस्ट आन्दोलनको विरुद्धमा पुगे पनि राजनीतिक रूपमा माओवादीलगायत वामपन्थी र प्रगतिशील पक्षसँग तालमेलको सम्भावना जहिले रहन्छ । तर, माधवकुमार नेपाल पक्षसँग रहँदैन ।’

एमालेको मधेस इन्चार्जसमेत रहेका महासेठले नेपाल नेतृत्वको पार्टीले एक्लै वडा सदस्य पनि कहीँ नजित्ने ठोकुवा गर्नुभयो । कांग्रेस, माओवादी र जनता समाजवादी पार्टीको समर्थन पाउँदा पनि उक्त पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई निर्वाचन जित्न मुस्किल पर्ने दाबी गर्नुभयो ।