डोटी – नेकपा एकीकृत समाजवादीका नेता एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेको नीतिको प्रतिरोध गर्दै नेकपा एकीकृत समाजवादीमा जोडिएका डोटीका नेताहरू धमाधम एमालेमै फर्किन थालेका छन् । डोटीमा एमालेबाट निर्वाचित भएपनि आले माधवकुमार नेपालसँगै समाजवादीमा जानु भएको थियो ।
आलेसँगै डोटीका केही एमाले नेता समाजवादीमा गएका थिए । तर आले प्रवृतिबाट आजित भएका उहाँहरू फेरि एमालेमै फर्किन थालेका छन । एमाले डोटीका नेता अमृत कुमार ओली ६ महिना पछि पुन:एमालेमै फर्किनु भएको छ । जिल्ला सचिवालय सदस्य तथा जोरायल गाउँपालिका इन्चार्ज समेत रहेका उहाँ एक कार्यक्रममा समाजवादी त्यागेर एमाले प्रबेश गरेका हुन् ।
उहाँलाई एमाले नेता डिल्लीराज भट्टले एमालेमा पुनः स्वागत गर्नुभएको थियो ।
काङ्ग्रेस र माओवादी संग टासिंएर हिड्न थालेपछि आफ्नै घर फर्किएको उहाँले बताउनुभयो ।







प्रतिक्रिया