काठमाडौं – काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा सार्वजनिक सवारी साधन र ट्याक्सीको भाडा बढेको छ । बागमती प्रदेश सरकारले भाडादर समायोजन गरेको हो । वैशाख १ गतेदेखि लागू हुने गरी भाडा बढाएको हो ।
श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयको शुक्रबारको निर्णय अनुसार भाडा वृद्धि गरिएको हो ।
अब यात्रुले किलोमिटरको आधारमा भाडा तिर्नुपर्नेछ । जसअनुसार पाँच किलोमिटरम्मि यात्रा गर्दा २० रुपैयाँ १० किलोमिटरसम्म २५ रुपैयाँ १५ किलोमिटरसम्म ३० र २० किलो मिटरसम्म ३३ रुपैयाँ तिर्नुपर्ने छ ।
यस्तै, ट्याक्सीको प्रति २०० मिटरको भाडा १० रुपैयाँ बनाइएको छ । प्रतीक्षा शुल्क प्रतिमिनेट १.२० रुपैया तोकिएको छ । बढीमा ३० मिनेटसम्म मात्रै प्रतीक्षा गर्न पाइने छ ।
पछिल्लो पटक भाडा समायोजन हुँदाको मूल्यभन्दा पाँच प्रतिशतले प्रेटोलिय पदार्थको मूल्यमा घटबढ भए सवारी साधनको भाडा समायोजन गर्ने गरिन्छ ।









प्रतिक्रिया