अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले अध्यक्ष ओली सोमबार बझाङ जाँदै

एमाले अध्यक्ष ओली सोमबार बझाङ जाँदै


काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सोमबार बझाङ जाँदै हुनुहुन्छ ।

एमाले बझाङ जिल्ला कमिटीले आयोजना गर्न लागेको बृहत् जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न अध्यक्ष ओली बझाङ जान लाग्नु भएको हो ।

उक्त दिन करीब दुई हजार बढी विभिन्न पार्टीबाट नेता कार्यकर्ताहरू एमाले प्रवेश गर्ने भएका छन् । सुदूरपश्चिम प्रदेशमा पहिलो पटक यति ठुलो सङ्ख्यामा पार्टी प्रवेश कार्यक्रम आयोजना गर्न लागिएको हो ।

दुई हजार बढी कार्यकर्ता एमालेमा भित्राउने गरी एमाले अध्यक्ष ओली बझाङ जान लाग्नु भएको नेकपा एमालेका केन्द्रीय सदस्य तथा बझाङ जिल्ला सहइन्चार्ज ऐन महरले बताउनु भयो ।

बृहत् जनसभा तथा पार्टी प्रवेश कार्यक्रमको तयारी तीव्र रूपमा अघि बढिरहेको छ । उक्त कार्यक्रममा ५ सय स्वयंसेवक खटाउने र ५० हजार जनता उतार्ने प्रयासमा सबै लागिरहेका सहइन्चार्ज ऐन महरले बताउनु भयो ।

महरकै पहलमा एमाले अध्यक्ष ओली सुदूरपश्चिम जान लाग्नु भएको हो । प्रचारप्रसारका लागि नेकपा एमाले जिल्ला कमिटी सचिव आनन्दलाल विकको संयोजकत्वमा १३ सदस्यीय प्रचारप्रसार उपसमिति गठन गरिएको छ ।

उक्त कार्यक्रममा राष्ट्रिय कलाकारहरूको सांस्कृतिक प्रस्तुतिका साथै स्थानीय झाँकी प्रर्दशन र देउडा प्रतियोगिता समेत आयोजना हुने बताइएको छ ।