अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अर्थमन्त्रीलाई अध्यक्ष ओलीको व्यङ्ग्य: थुतुनोभरि रौँ भएको मुसाले धान खायो, भ्यागुतोलाई कारवाही गर्‍यो

अर्थमन्त्रीलाई अध्यक्ष ओलीको व्यङ्ग्य: थुतुनोभरि रौँ भएको मुसाले धान खायो, भ्यागुतोलाई कारवाही गर्‍यो


काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई कारबाही गरेकोप्रति आपत्ति जनाउनु भएको छ ।

आज आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले अर्थतन्त्र सुधारको प्रयास गरिरहेका गभर्नरलाई कारबाही गरेकोमा आक्रोश व्यक्त गर्नु भएको हो ।

अध्यक्ष ओलीले अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्र ध्वस्त पारेको आरोपसमेत लगाउनु भयो । उहाँले भन्नुभयो, ‘थुतुनाभरि रौँ भएको मुसाले धान खायो, एउटै रौँ नभएको भ्यागुतोलाई कारबाही गर्‍यो । धान खाने मुसो, चोट खाने भ्यागुतो भयो । त्यसमा पनि अनुहारभरि रौँ भएको मुसोले अर्थतन्त्र बर्बाद पार्‍यो, ध्वस्त पार्‍यो । देश निर्लज्ज व्यक्तिहरूको हातमा परेको छ ।’