काठमाडौं– झण्डै ८ लाख फलोअर भएका युट्युबर एमालेमा प्रवेश गरेका छन् ।
मोरङको उर्लाबारीका पत्रकार/युट्युबर किशोर श्रेष्ठ नेकपा एमाले प्रवेश गर्नुभएको छ । श्रेष्ठलाई एमाले नेता अग्नि भट्टराईलगायतले स्वागत गर्नुभयो । उहाँले कांग्रेसको स्थानीय नेतृत्व जनविरोधी भएको भन्दै चर्को असन्तुष्टि जनाउँदै आउनुभएको थियो ।
‘कांग्रेसका नेता हुँ भन्नेहरुको सामन्ती सोच नै मलाई मन परेको थिएन’, किशोरले भन्नुभयो, ‘हामी भुइँतहका मान्छेले अपनत्व जनाउने पार्टी नै एमाले हो भन्ने बुझेर यही पार्टीमा समर्पित भएको हुँ।’
आफूलाई लोकतान्त्रिक पार्टी भन्ने कांग्रेसले उर्लाबारीको हकमा स्थानीय सरकारको नेतृत्व पाउँदा सिन्को नभाँच्ने, ‘म नै राज्य हुँ’ जस्तो नागरिकप्रति व्यवहार गरेकोपनि उहाँको भनाइ छ।
उर्लाबारी ६ का बासिन्दा श्रेष्ठलाई आगामी स्थानीय तह निर्वाचनमा एमालेले वडा सदस्य बनाउने भएको स्रोतले जनाएको छ।
उर्लाबारी ६ मा एमालेबाट पत्रकार घनश्याम भण्डारी वडाध्यक्षको उम्मेदवार हुने टुंगो लागेको छ । श्रेष्ठको युवा मन नेपाल युट्युब च्यानलमा ७ लाख ९० हजार सस्क्राइबर छन् ।







प्रतिक्रिया