अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले महासचिव पोखरेल भन्नुहुन्छ, ‘कटुवाल प्रकरणपछि माओवादीको अर्को गम्भीर भुल हो गभर्नरको निलम्वन’

एमाले महासचिव पोखरेल भन्नुहुन्छ, ‘कटुवाल प्रकरणपछि माओवादीको अर्को गम्भीर भुल हो गभर्नरको निलम्वन’


काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले गर्भनर महाप्रसाद अधिकारीको निलम्बन माओवादीका लागि महंगो पर्ने चेतावनी दिनुभएको छ ।

पोखरेलले शनिबार फेसबुकमा लेख्नुभएको छ, ‘कटुवाल प्रकरणपछि माओवादीको अर्को गम्भीर भुल हो( गभर्नरको निलम्वन । अर्थिक संकटको कारक अर्थमन्त्री र मुकदर्शक बनेका प्रधानमन्त्री आफै हुन् ।’

सरकारले नेपाल राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारीलाई केन्द्रीय बैंकको उद्देश्यअनुसार तोकिएको जिम्मेवारी पूरा नगरेको भन्दै निलम्बन गरेको छ। गभर्नर अधिकारीलाई बिहीबार निलम्बनको पत्र बुझाएर अर्थमन्त्रालयले डेपुटी गभर्नर नीलम ढुङ्गानालाई निमित्त गभर्नरको जिम्मेवारी तोकेको थियो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि अर्थतन्त्र विगार्ने मान्छे अर्कै भएको तर गभर्नरलाई अर्थतन्त्र बिगारेको आरोप लगाएर निकाल्नु भनेको ‘धान खाने मुसो, चोट पाउने भ्यागुतो’ भन्ने उखान जस्तै भएको प्रतिक्रिया दिनुभएको थियो ।