अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बुलिङटारमा अनियमितता भएको भन्दै छानविन गर्न माग

बुलिङटारमा अनियमितता भएको भन्दै छानविन गर्न माग


कावासोती – बुलिङटार गाउँपालिकाले प्राकृतिक श्रोत साधनको दोहन तथा विकासका काममा अनियमिता गरेको भन्दै छानविन गर्न स्थानीयले माग गरेका छन् । कालीगण्डकी नदी तथा स्थानीय खोलामा ढुङ्गा गिट्टी बालुवाको पालिका र प्रशासनको मिलेमतोमा चोरी निकासी भइरहेको भन्दै छानविन गर्न स्थानीयले माग गरेका हुन् ।

कालीगण्डकी नदीबाट उठाइएको ढुङ्गा, गिट्टी र बालुवाको मुल्यांकलनमै मिलेमतो भएको छ बुलिङटार– ३ का ऋषिराम सिग्देलले भने ‘वास्तविक परिणाम र मुल्य भन्दा कम मूल्यांकन गरेर भष्टाचार गरिएको छ यसको छानविन हुनुपर्छ’ । जिल्ला समन्वय समिति र गाउँपालिकाको मिलेमतो हुदा करोड भन्दा बढी नोक्सान भएको उनले बताए ।

दामोदर बस्ताकोटी स्मृति पार्कका लागि रु ६ लाख रकम बिनियोजन भएकोमा समेत काम नभएको सिग्देलले जनाए । कोभिड–१९ बेला खरिद भएका स्वास्थ्य सामाग्री, खरको छाना बिस्थापनका लागि आएका कार्यक्रममा बास्तविक भन्दा पनि पहुँचवालालाई प्रदान गरिएको छ यो बेथितिको छानविन गरी दोषीलाई कारबाही हुनुपर्छ स्थानीय दामोदर कुमालले भने ।

नदीजन्य पदार्थको सोझै निर्माण कम्पनीको माग अनुसार उठाउन दिने निर्णय गाउँ कार्यपालिकाले गरेको थियो । अझ आर्थिक बर्ष सकिएपछि पनि अघिल्लो बर्षको निर्णयका आधारमा विना टेन्डर नदीेजन्य पदार्थ उत्खनन गर्न दिएर दोहन गरेको स्थानीय कोशराज पौड्यालले बताए । निरन्दी खोला र फुलमादी खोलामा भएको अबैध उत्खनन अझ रोकिएको छैन बुलिङटार–६ का भरत राज रानाले भने– नियम संगत गर भन्दा सुनुवाई हुदैन’ ।

बुलिङटार बृहत्त खानेपानी आयोजना अलपत्र अबस्थामा रहेको छ । यसको बिस्तृत परियोजना प्रतिवेदन देखि नै अनियमिताको शिलशिला शुरु भएको हो बुलिङटारका टंक नाथ गिरीले बताएक् ।
गाउँपालिकाबाट विनियोजित कार्यक्रमका बारेमा भएको खर्च र निर्णयहरु सूचनाको हक सम्बन्धि निवेदन दिएर माग गर्दा समेत नपाईएको स्थानीय कोशराज पौडेलले बताए । पालिकाका निर्णयहरु पारदर्शी हुनुपर्नेमा निवेदन नै दिएर माग गर्दा समेत सूचना पाइदैन उनले भने ।