हुम्ला -नेकपा एमालेका केन्द्रीय सदस्य एवं अदानचुली गाउँपालिकाका अध्यक्ष दल फडेराको घरमा माओवादी र माधवन नेपालका कार्यकर्ताले आक्रमण घरेका छन् ।
एमालेका स्थानीय नेताले दिएको जानकारी अनुसार फडेराको बढ्दो लोकप्रियता देखेर केही दिन देखि नै उनीहरुले आक्रमणको प्रयास गरेका थिए । आज दिउसो फडेराको घरमा ठुलो संख्यामा आएको सो समुहले आक्रमण गर्न थालेपछि प्रहरीले जोगाउने प्रयास गरे पनि आक्रमणकारीहरु थप उत्तेजित भएर घर तोडफोड गरिरहेका छन् ।
तोडफोडबाट के कति क्षती भयो भन्ने पूर्ण विवरण आइनसकेको प्रहरीले जनाएको छ । यस विषयमा फडेरालाई सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेको छैन ।
भीडलाई नियन्त्रणमा लिन गएको प्रहरी टोलीका एक जना सइ पनि घाइते भएको जिल्ला प्रहरी कार्यलय हुम्लाले जनाएको छ । प्रहरी निरीक्षक दानसिंह भण्डारीका अनुसार सामान्य विवादमा फडेराको घरमा आक्रमण गरेका हुन् । स्थिती अहिले साम्य भइसकेको भण्डारीले जानकारी दिनुभयो ।





प्रतिक्रिया