फरक राजनीतिक आस्थासँगै ‘आफूलाई नगनेको’ लघुताभाषमा अर्थमन्त्री जनार्दन शर्मा गभर्नर महाप्रसाद अधिकारीसँग चिढिएका थिए।
स्रोत नखुलेको पैसा छुटाउन पत्र लेखेको समाचार सार्वजनिक भएपछि उनको रिसको पारो छताछुल्ल भयो। त्यसलाई उनले गभर्नर अधिकारीले नै समाचार लेखाएको अर्थमा बुझे।
अधिकारीका बारेमा सँधै ‘नेगेटिभ रिपोर्टिङ’ मात्र सुनेका शर्माले आफ्नो ब्रह्मले जाँच्ने काम गरेनन्। मन्त्री भएर आएदेखि उनले अधिकारीलाई विपक्षी दलका नेता केपी शर्मा ओलीका ‘खास कार्यकर्ता’ भन्दा फरक ठानेनन्।
अधिकारी एमाले सरकारले नियुक्त गरेको गभर्नर भए पनि उनी वित्तीय प्रणालीबाटै हुर्किएर त्यो ठाउँसम्म पुगेको सामान्य विश्लेषणसम्म शर्माले गर्न सकेनन्। राष्ट्र बैंकको सहायकदेखि डेपुटी गभर्नर हुँदै उनी गभर्नर बनेका हुन्। उनलाई वित्तीय क्षेत्रका हाँगाबिँगा मात्र होइन जराजरासम्म थाहा छ भन्ने अर्थमन्त्री शर्माले बुझ्न पनि चाहेनन्।
गभर्नरले ‘मन्त्रीले केही पनि कुरा बुझ्दैनन् तर म जत्तिको बाठो कोही छैन भन्ने भ्रममा छन्’ भने भनेर अरुले लगाइदिएको कुरो सुनेर अर्थमन्त्री शर्मा अधिकारीसँग रिसाएका हुन्। भ्रम चिरेर सत्य के हो जान्नतिर नलागी उनले रिसको आगोलाई बढाउँदै लगेका थिए। त्यसको विस्फोट शुक्रबार छानबिन समिति बनाएर भएको हो। पूरा समाचार बिजमाण्डू डट कममा







प्रतिक्रिया