अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले नेता गुरागाईंमाथि घरैमा खुर्पा हानियो, गम्भीर घाइते

एमाले नेता गुरागाईंमाथि घरैमा खुर्पा हानियो, गम्भीर घाइते


काठमाडौं- नेकपा एमालेका केन्द्रीय सल्लाहकार परिषद् सदस्य गोपाल गुरागाईंमाथि धनकुटास्थित घरैमा धारिलो हतियार खुर्पा प्रहार गरिएको छ।

शनिबार मध्यान्ह १२ बजेको समयमा धनकुटा नगरपालिका-६ आत्मरास्थित निवासमै ७५ वर्षीय गुरागाईंमाथि छिमेकीले खुर्पा हानेका हुन्।

उनलाई छिमेकी २३ वर्षीय दिनेश पोखरेलले खुर्पा प्रहार गरेको जिल्ला प्रहरी कारयालय धनकुटाका प्रहरी उपरीक्षक लक्ष्मीराज अधिकारीले बताउनुभयो ।

पोखरेललाई प्रहरीले तत्कालै पक्राउ गरेको छ।

प्रहरीका अनुसार गुरागाईंलाई खुर्पा हान्ने युवा मानसिक तनावमा परेर डिप्रेसनको औषधि लिइरहेका थिए।