अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बौद्ध जोरपाटी क्षेत्रमा मनाइयो चामुण्डा रथयात्रा

बौद्ध जोरपाटी क्षेत्रमा मनाइयो चामुण्डा रथयात्रा


काठमाडौं- चैत्र शुक्ल अष्टमीका दिन गोकर्णेश्वर क्षेत्रमा मनाइने ऐतिहासिक चामुण्डा रथयात्रा सम्पन्न भएको छ ।

चामुण्डा क्षेत्र विकास तथा संरक्षण कोषले प्रत्येक वर्षको चैत्र शुक्ल अष्टमी अर्थात् चैतेदशैँका दिन गोकर्णेश्वरको जोरपाटी र काठमाडौँ महानगरपालिका–६ बौद्ध क्षेत्रमा रक्तविनायक, महाँकाल भैरव र चामुण्डा देवीको रथयात्रा गर्ने परम्परा छ । देवीको रथयात्रा गरेमा यस क्षेत्रमा सुख, शान्ति कायम हुने, देवीले रक्षा गर्ने विश्वास रहेको कोषका सदस्य विमलमान श्रेष्ठले बताउनुभयो ।

वर्षका चार नवरात्रमध्ये आश्विन शुक्ल पक्ष र चैत्र शुक्ल पक्षको नवरात्रमा चामुण्डालगायत देशभरका देवी मन्दिरमा पूजापाठ र दर्शन गर्ने भक्तजनको भीड लाग्छ । यस वर्ष पशुपति क्षेत्रस्थित गुह्येश्वरी, मैतीदेवी, नक्साल भगवती, भद्रकाली, कालिकास्थान, बिजेश्वरी, शोभा भगवती, रक्तकाली, श्वेतकाली, इन्द्रायणीलगायत देवी मन्दिरमा भक्तजनले दर्शन गरेका छन् । गोकर्णेश्वर नगरपालिका–५ जोरपाटीमा चामुण्डा देवीको मन्दिर रहेको छ । मन्दिरमा प्रत्येक दिन स्थानीयवासी भक्तजनको भीड लाग्ने गर्छ ।