अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देउवा सरकारको अर्को काण्ड : सर्वोच्चका मुख्य रजिस्टारलाई पनि ‘गर्भनरकै हालत’ !

देउवा सरकारको अर्को काण्ड : सर्वोच्चका मुख्य रजिस्टारलाई पनि ‘गर्भनरकै हालत’ !


काठमाडौं– शेरबहादुर देउवा सरकारले राज्यका हरेक निकायमा अडान लिने अधिकारीलाई गलहत्याउन थालेको छ । गर्भनर महाप्रसाद अधिकारीलाई निलम्बन गरेलगत्तै कामू प्रधानन्यायाधीश दीपककुमार कार्कीले मुख्य रजिष्ट्रार लालबहादुर कुँवरलाई न्यायपरिषदको निर्णय अनुसार नियुक्तिपत्र लिन र तोकिएको ठाउँमा गएर जिम्मेवारी सम्हाल्न निर्देशन दिनुभएको छ ।

सर्वोच्च अदालत प्रशासनले कुँवरको नाममा रमानापत्र समेत तयार पारिसकेको छ ।

न्यायपरिषदले मुख्य रजिष्ट्रार कुँवरलाई उच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको थियो । कुँवर भने वरियताक्रममा एक तहमुनिको पदमा नजाने भन्दै उच्च अदालतको मुख्य न्यायाधीश पद माथिरहनुभएको छ ।

कामू प्रधानन्यायाधीश निकट स्रोतका अनुसार, लामो समयदेखि आफूहरुसँग समन्वय नगरेको र प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको पक्ष लिएको आरोप कुँवरमाथि छ ।