अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माधव नेपाललाई निराश बनाएको सभा, जहाँ समाजवादीको भाषण सुन्ने भन्दा रेस्लिङ हेर्न धेरै झुम्मिए

माधव नेपाललाई निराश बनाएको सभा, जहाँ समाजवादीको भाषण सुन्ने भन्दा रेस्लिङ हेर्न धेरै झुम्मिए


काठमाडौं– नेकपा (एकीकृत समाजवादी) काठमाडौं जिल्ला कमिटीले शनिबार काठमाडौंमा जनसभा आयोजना गर्‍यो ।

भृकुटीमण्डपको बगैँचामा सिनियर नेताहरुको उपस्थितिमा एकीकृत समाजवादीको सभा भएको हो ।

माधव कुमार नेपालले उद्घाटन गरेको दुवै कार्यक्रममा पार्टीको जनसभामा भन्दा रेस्लिङ तिर मानिसहरूको भीड देखियो ।

नेपाल महिला रेस्लिङ फाउन्डेसनको आयोजनामा अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता एकदिने रेस्लिङ आयोजना भइरहेको छ । रेस्लिङमा नेपाललगायत अमेरिका, भारत र पाकिस्तानका रेस्लरको भिडन्त हुने फाउन्डेनकी अध्यक्ष समेत रहेकी रेस्लर भगवती खड्का (युनिका) ले जनाएकी छन् ।

पार्टी सभामा उपस्थिति न्यून भएपछि माधव नेपालले निराशा व्यक्त गरेका थिए ।

एमालेलाई च्यालेन्ज गर्न पार्टी चोइटाउनुभएका नेपालले आगामी चुनावमा आफ्नो पार्टीलाई जिताउने भन्दा पनि एमालेलाई हराउने नीति लिनुभएको छ ।

देशभर एमाले प्रवेश गर्ने र एमालेका सभामा उपस्थिति बाक्लिँदै गर्दा एकीकृत समाजवादी कठीन अवस्थामा पुगेको छ ।

तस्बिर स्रोत : रातोपाटी