काठमाडौं– एमालेले तत्कालिन केपी शर्मा ओली सरकारले अर्थतन्त्र स्वस्थ्य छाडेको तथ्य पेस गरेको छ ।
आर्थिक सुचकहरुको तथ्य पेस गर्दै एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले प्रतिस्थापन विधेयक ल्याएर अघिल्लो सरकारका बजेट र नीति तथा कार्यक्रम कार्यान्वयन नगर्नु सरकारको गल्ती भएको बताउनुभयो । उहाँले इतिहासमा पहिलोपटक बजेटविहीन अवस्थामा मुलुकलाई लगिएको स्मरण गर्नुभयो ।
पौडेलले अर्थमन्त्री जनार्दन शर्माले नेपाल राष्ट्र बैंकको स्वायत्ततामाथि हस्तक्षेप गरेको बताउनुभयो । राष्ट्र बैंक स्वायत्त निकाय हो भन्दै उनले अर्थमन्त्रीले मन्त्रालय अधिनको अंगजस्तो ठानेको उहाँको आरोप थियो ।
मुलुकको अर्थतन्त्र जोगाउन खोज्दा सरकारले गभर्नर महाप्रसाद अधिकारीलाई प्रदमुक्त गर्ने प्रक्रिया सुरु गरेको उहाँले बताउनुभयो ।
पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले सरकारले गर्नुपर्ने काम राष्ट्रबैंकले गर्दा पनि उहाँमाथि चार्ज लगाइएको बताउनुभयो







प्रतिक्रिया