अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चितवनका माओवादी नेता खेम भट्ट एमालेमा प्रवेश

चितवनका माओवादी नेता खेम भट्ट एमालेमा प्रवेश


चितवन – माओवादी केन्द्र चितवनका नेता खेम भट्ट नेकपा एमालेमा प्रवेश गरेका छन् ।

आज भरतपुरस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रम मार्फत उहाँ एमाले प्रवेश गर्नु भएको हो । भट्ट दम्पतीलाई एमाले उपमहासचिव प्रदिप ज्ञवालीले पार्टी प्रवेश गराउनु भएको हो ।

उहाँ माओवादी केन्द्र चितवनका जिल्ला सदस्य, बागमती प्रदेश प्रतिनिधि र भरतपुर महानगरपालिका वडा नम्वर ३ का इन्चार्ज हुनुहुन्थ्यो । उहाँ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का साढुभाई हुन् । भरतपुरको पटिहानीका भट्ट २०३५ सालदेखि कम्युनिष्ट आन्दोलनमा सक्रिय रहँदै आएका छन् ।

को हुन खिमलाल भट्ट

– ठेगाना स्थायी : पटिहानी–२, चितवन
– अस्थायी : भरतपुर महानगरपालिका वार्ड न ३ बेलचोक, नारायणगढ
– जन्म मिति : २०१६।०६।१४
– शिक्षा : प्रवीणता प्रमाणपत्र तह
– पार्टी सदस्यता मिति : २०३५ साल चैत
– अनेरास्ववियु चितवन (छैटौँ) अध्यक्ष २०३७
– खगेरी जलउपभोक्ता समितिको सचिवको हैसियतमा काम गरेको २०४५ देखि दुई कार्यकाल
– नेपाली सेवा समाज जापानको समितिमा सचिव भई काम गरेको ९२०५१–०५३०
– जापानिज भाषा र त्यहाँको आधुनिक कृषिसम्बन्धी ज्ञान ।
– जिविस, चितवन सदस्य २०५४–२०५९
– पार्टी जिल्ला कमिटी सदस्य २०५५–२०५६
– अखिल नेपाली किसान महासंघ सदस्य २०५६–५७
– पार्टी जिल्ला समिति सदस्य २०५८
– पर्यटन विकास समिति चितवनको सदस्य २०६४
– पर्यटन विकास समिति चितवन अध्यक्ष (हालसम्म)
– अमर माविलाई उच्चमावि कलेज बनाउनलाई अध्यक्ष रहेर धान्य पर्व सम्पन्न गरेको । गंगानगर माविलाई उच्च मावि बनाउने । सुन्दरबस्ती निमाविलाई मावि बनाउने । हनुमाननगर निमाविबाट मावि बनाएको (सो कार्यकालमा अध्यक्ष)
– अन्नपूर्ण उच्चमावि पावर्तीपुर, भानु उच्चमावि मधुपुरी, सहिद स्मृति उच्चमावि पारसनगर, लक्ष्मी उच्चमावि जगतपुर,आदिको विकासमा भूमिका खेलेको ।
– प्रहरी हिरासतमा पटक–पटक यातना पाएको । जनआन्दोलनको घाइतेसमेत ।
– हालसम्म नेकपा माओवादी केन्द्र चितवन जिल्ला सदस्य, बागमती प्रदेश प्रतिनिधि, महानगरपालिका ३ नंं वडा इन्चार्ज ।